आज विश्व रक्तदाता दिवसः भक्तपुर रेडक्रस रगत वितरणमा सधै उत्कृष्ट

77

भक्तपुर । आज २० औँ विश्व रक्तदाता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैंछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले गएको एकवर्षमा ५१ हजार २५१ पिन्ट रगत वितरण गरेको छ । रगतको अभावका बीच भक्तपुरमा रगत लिन आउने विरामीका लागि रित्तो हात फर्काउने अवस्था नआएको बताउँदै रेडक्रस शाखा सभापति परशुराम पाण्डेले जानकारी दिनुभयो ।

रगत संकलन कम र माग उच्च भएपनि भक्तपुरका अलवा काठमाडौं उपत्यकाभित्रबाट आउँनेलाई समेत रगत दिएर पठाउँने गरिएको छौं, उहाँले भन्नु भयो । भक्तपुर शाखाले एक वर्षमा २० हजार ३ सय ८३ पुरुष र पाँच हजार ५५७ महिला गरि २५ हजार ९ सय ४० जना रक्तदाताले रक्तदान गरेको पाण्डेको भनाई थियो । सो रगतबाट ५१ हजार २ सय ५१ प्रिन्ट रगत वितरण गरिएको पाण्डेले बताउनु भयो ।

भक्तपुर शाखाले दैनिक रुपमा भक्तपुर दूधपाटीस्थित आफ्नै कार्यालयका अलवा काठमाडौंको महाबौद्धमा र भक्तपुरको सरस्वतीखेलमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा विरामीले उपचारका लागि बिभिन्न नीजि अस्पताल लगेको रगत प्रयोग नभएपछि फर्काएर ब्लड बैंकमै ल्याउने कार्य नहुँदा धेरै रगत खेर जाने गरेको छ ।
अस्पतालमा रगत प्रयोग नभएपछि विरामीको आफन्तलाई त्यो रगत फिर्ता गर्न लगाईदिए र रगत फिर्ता भए अरु बिरामीको लागि प्रयोगमा आउने भन्दै सभापति पाण्डेले भक्तपुरमा रहेको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालबाट अत्याधिक रगतको माग हुने गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले नेपालमा अहिले शुन्य दशमलव ९२ प्रतिशत नागरिकबाट मात्रै रक्तदान हुने गरेको बताउँदै कूल जनसंख्याको २ प्रतिशत नागरिकले मात्रै रक्तदान गरिदिए पनि रगतको अभाव नहुने बताउनु भयो ।

रेडक्रस भक्तपुर शाखाका महामन्त्री धर्मराज कार्कीले भक्तपुरबाट रगतको किनबेचको अबस्था अन्त्य गरेको बताउदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ्ग, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत संकलन गरिरहेको जानकारी दिनु भयो । शाखाका संचार संयोजक तुलसी नारायण दुम्याख्वको सभापतित्वमा सम्पन्न भएको थियो ।