कविताः दिक्क लाग्छ जिन्दगी

128

-हेमराज ढकाल ‘सुमन’

दिक्क लाग्छ जिन्दगी
त्यागी दिउँ जस्तो
घाँडो लाग्छ जिन्दगी
पन्छाई दिउँ जस्तो ।

वाक्क लाग्छ जिन्दगी
फ्याकीँ दिउँ जस्तो
दुःख लाग्छ जिन्दगी
रोई दिउँ जस्तो ।।

मुल्यहिन लाग्छ जिन्दगी
फ्याँलि दिउँँ जस्तो
गन्तव्य बिहिन लाग्छ जिन्दगी
कतै बसी दिउँ जस्तो ।।

अपमानित लाग्छ जिन्दगी
बदला लिउँ जस्तो
खाचोँ लाग्छ जिन्दगी
पैचोँ दिउँ जस्तो ।।

गल्ती लाग्छ जिन्दगी
मेटाई दिउँ जस्तो
आफ्नै लाग्छ जिन्दगी
बचाँई दिउँ जस्तो ।।

काभ्रे
हालः भक्तपुर