आज सुनको मूल्य चार हजारले घट्यो

10

काठमाडौँ । सुनको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।