Sunday, September 27, 2026
Home अर्थ सांसद खतिवडाको प्रश्न- भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो ?

सांसद खतिवडाको प्रश्न- भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो ?

57

काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता व्यक्त गरेका हुन्।
बुधवार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१।०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले सरकारले ल्याउने हरेक बजेट राजस्व संकलन, वैदेशिक सहायता लगायतमा लक्ष्य अनुरूप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए। उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए। सांसद खतिवडाले देश ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए। सांसद खतिवडाले भने, ‘ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्ने समस्या सिर्जना भएको छ। सधैँ घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन। यी कुरामा सरकारले ध्यान देओस्।’उनले भविष्यमा लगानी नहुने, उत्पादन नबढ्ने र राजस्व नबढ्ने अवस्था रहिरहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताए। घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन्।