काकाले बलात्कार गरेर भतिजी गर्भवती भएपछि…….

29

बैतडी । बैतडीमा १७ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको आरोपमा नातामा काका पर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–४ का एक युवक छन् । आफ्नै भतिजीलाई बलात्कार गरि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बैतडीले बालिकाको ३० वर्षीय काकालाई पक्राउ गरेको हो ।

गत चैत्र २६ गतेदेखि घरबाट हराएकी बालिका २८ गते जंगलमा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि हत्या भएको पुष्टि गरेकाे थियाे । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले साे घटनाका अभियुक्त-मृतकका काकालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनकै काकाले किसोरीलाई पटक–पटक जवरजस्ती करणी गरि गर्भवती बनाएको प्रहरीको भनाई छ । पोस्टमार्टमको रिपोर्टले बालिकाकाे टाउकोमा चोट लागेका कारण मृत्यु भएको र बालिका १८ हप्ताको गर्भवती समेत रहेकाे देखाएको थियो ।

बलात्कारपछि बालिका गर्भवती भएकाे थाहा भएपछि अभियुक्तले पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास गरेका थिए । गर्भपतनकाे प्रकृया असफल भएपछि काकाले ढुंगाले टाउकोमा हानेर बालिकाकाे हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

अभियुक्तले आफैंले हत्या गरेको भनी स्वीकार गरिसकेको प्रहरीको भनाई छ। अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको डिएसपी गिरीले बताए ।