काठमाडौं : नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए। उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए। उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए।
उनले काँग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए। उनले भने, ‘काँग्रेस एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नु हुँदैन। दुई वटा पार्टी मिल्ने भनेको त्यस्तो विषयमा मिल्ने हो। देशमा संकट आइरहेको छ, एकखालको। व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्। व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा काँग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मुल शक्तिहरु हुन्। हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो।’उनले एमाले र काँग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।