संविधानले अनुमति नदिने काम हुन नदिने : रक्षामन्त्री पोखरेल

83

फागुन २४,
विराटनगर -उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्नुहुँदै कानून सबैले इमान्दारीताका साथ परिपालना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको चर्चा गर्नुभयो । मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताउनुभयो । उहाँले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले हँुदैन भन्नुभयो ।-रासस