Sunday, September 20, 2026
Home समाचार दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार ठगी

दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार ठगी

58

काठमाडौं : दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका-५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णुबहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बतिसपुतलीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।