कृषि विकास बैंक र नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, हेर्नुहोस्

41

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। त्यसैगरि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ। शनिबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ। ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्। दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८०र०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १र१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो।

प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।