भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना हुदैं, सूचना हेुर्नहोस्

28

भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिले प्रथम भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ । बागमति प्रदेश खेलकुद बिकास समितिको समन्वय तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही फागुन १८ र १९ गते प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

समितिले बिज्ञप्ती जारी गर्दै बुद्धिचाल प्रतियोगितामा सहभागि हुन चाहने इच्छुक खेलाडीले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा उपलब्ध फाराम भरेर प्रतियोगितामा सहभागि हुन सक्ने व्यबस्था गरेको छ ।
खेलाडीहरुलाई सहभागिताकालागि खेलाडीलाई आव्हान गरेको अध्यक्ष थापाले बताउनुभयो ।

निःशुल्क रुपमा प्रतियोगितामा भाग लिन पाउने गरि फाराम खुल्ला गरिएको छभने आगामी १७ गते दिउँसो २ बजेसम्म फाराम भरेर प्रतिगोगितामा सहभागिताका लागि सुनिश्चित गर्न सकिने छ । प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ । प्रतियोगितामा सहभागिहरु मध्ये खुल्लातर्फ प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महिलातर्फ पनि प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । स्वस लिग सिस्टममा टाइ बेकरको आधारमा सात राउण्ड खेलाईने प्रतियोगिता १९ गते ३ बजे समापन गरि पुरस्कार वितरण गरिने छ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडी छनौट १५ गते
त्यसैगरि जिल्ला खेलकुद बिकास समिति भक्तपुरले वागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटको प्रक्रिया सुरु गरेको छ । समितिले एक सूचना जारी गर्दै १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा प्रथम चरणमा छनौट भएका छात्र छात्रा खेलाडीलाई सहभागिताका लागि आहन गरेको छ ।

समितिका अध्यक्ष थापाले यही फागुन १५ गते शहिद स्मृति खेल मैदान ९भक्तपुर याङ्ग सर्कल० मा दिउँसो ११ बजे खेलाडी छनौटमा सहभागि हुनका लागि आव्हान गर्दै सूचना जारी गरेको बताउनुभयो ।
छनौटमा परेका विद्यालय तथा विद्यार्थीलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिताका लागि पठाइने उहाँले जानकारी दिनुभयो । यही फागुन २८, २९ र ३० गते केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकाले त्यसमा सहभागिताका लागि प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुने भएको छ ।

बागमति प्रदेश खेलकुद विकास परिषद्ले् सूचना जारी गर्दै यही फागुन २१ र २२ गते चितवन जिल्लाको भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन फागुन १५ गते छनौटमा परेका विद्यालय एवं विद्यार्थीलाई समितिले चितवन पठाउने भएको छ । खेलाडी छनौटमा निम्न विद्यालयका निम्न विद्यार्थीलाई आव्हान गरेको समितिका अध्यक्ष थापाले बताउनुभयो ।