चितवनको माडीमा होमस्टे महासंघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सुरु, फोटो फिचर हेर्नुहोस्

138

-हेमराज ढकाल
चितवन । होमस्टे (घरबास) महासंघ नेपालको चौथोे राष्ट्रिय सम्मेलन सुरु भएको छ । शुक्रवार चितवनको माडी नगरपालिकाको बसन्तपुरमा राष्ट्रिय सम्मेलन तथा कार्याशाला गोष्ठी सुरु भएको हो ।
होमस्टे एशोसियशनबाट महासंघ भएपछि भने यो पहिलो सम्मेलन हो । महाधिवेशनको वन तथा वातावरण मन्त्री डा विरन्द्र प्रसाद महतोेले उद्घाटन गर्नु भएको हो ।

मन्त्री महतोले होमस्टेले देशको कला र संस्कति संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । मुलुकको संस्कृति र परम्परा नहुदाँ आज युरोपियनहरुले आफुहरुले नेपालमा जन्मनपाए हुने जस्तो गर्दछन्, उहाँले भन्नु भयो ।
माडी नगरपालिका एउटा यस्तो नगरपालिका हो जहाँ विभिन्न समुदायले ६ वटा समुदायिक होमस्टे संचालन गरिहरेका छन्, यो राम्रो कुरा भएको मन्त्री महतोको भनाई रहेको छ ।

आज २६ गते सुरु भएको सम्मेलन भोली सम्पन्न हुने छ । जसले महासंघको नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
महाधिवेशनमा ६८ जिल्लाका २ सय ५० होमस्टेबाट करिब ४ सय ४० जना प्रतिनिधीहरुको सहभागिता रहेको केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले जानकारी दिनुभएको छ ।