कालिन्चोकको शिखरमा पुगेपछि यस्तो देखियो ( फोटो फिचर)

777

पुस १०,
दोलखा । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मीक पर्यटकिय स्थल हो ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ । यो मन्दिर सदरमुकाम चरिकोटबाट करिव उत्तर अवस्थित रहेको छ । समुन्द्र सहतबाट ३८४२ मिटर उचाईमा छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ । कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ । अहिले एक महिलना अगाडीबाठ केबुलकार संचालनमा आएका ५ मिनेटको केबुलकार यात्रा र १० मिनेट हिडेपछि मन्दिर पुगिन्छ ।

कसरी जाने कालिन्चोक ?
कालिन्चोक जान काठमाडौंबाट सार्वजनिक यातायात सिधैं पाइदैंन् । त्यसको लागि दोलखाको चरिकोटसम्म जाने । त्यहाँबाट सार्वजनिक बस थोरैमात्रमा चल्न भएपनि भाडाका अन्य सवारी साधन भने पाइन्छ । नीजि सवारी साधन लिएर जानेले मुडेबाट जादाँ मकैबारी भन्ने स्थानबाट माथी लाग्नु पर्दछ । करिब १८ किलोमिटर सडकमा धुलो, हिलो, ढलान सडक हुदैं कुरी बजार पुगिन्छ । चरिकोटदेखि जानेने १९ किलोमीटर दुरीको यात्रा तय गर्न सकिन्छ । कुरी बजारमा झण्डै दुई दर्जन हाराहारीमा होटलहरु रहेका छन् । त्यहाँ आफ्नो रोजाई अनुसार बस्न र खान सकिन्छ । फकर्दा कालिन्चोकमा स्थानीय छुर्पी, जडिबुटीलगायतका चिजहरु ल्याउन सकिन्छ । अहिले सिन्धुपाल्चोकको लामोँसाघु दोलखाको तामाकोशीसम्म सडक विस्तारको काम भएकाले यात्रा केही असहज भने हुन्छ ।