Tuesday, September 22, 2026
Home समाचार तारेकेश्वरमा पहिरोमा पुरिँदा बाबुछोरीको मृत्यु

तारेकेश्वरमा पहिरोमा पुरिँदा बाबुछोरीको मृत्यु

79
सांकेतिक तस्विर

काठमाडौं : काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।शनिबार राति तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। उनीहरु बाबुछोरी हुन्। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइते भएको एसपी ढुंगेलले जानकारी दिए। मृतकको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको एसपी ढुंगेलले बताए।