श्रीमतीको हत्या अभियोगमा पक्राउ

24

काठमाडौं : श्रीमती हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या गरेको अभियोगमा सप्तरी जिल्लाको महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।उनीहरूबीच घरायसी वादविवादको कारण झैझगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी थिइन्। यो सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।