Saturday, October 10, 2026
Home अन्तर्राष्ट्रिय बेपत्ता पनडुब्बी भेटियो, यस्तो छ यात्रुको अवस्था

बेपत्ता पनडुब्बी भेटियो, यस्तो छ यात्रुको अवस्था

43437

काठमाडौं । अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन्। उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।

एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए। यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो। बीबीसीका अनुसार उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुईजना ब्रिटिश-पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए।