महिला टी–२० क्रिकेटः चौथो खेलमा नेपाल पराजित

21

काठमाडौँ– महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियामा जारी द्विदेशीय शृङ्खला अन्तर्गत आज भएको खेलमा मलेसियाले नेपाललाई ४ विकेटले हराएको हो । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो ।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३८ रन बनाईन् । यस्तै, महिरा इजाती इस्माइल १६, कप्तान मास एलिसा १३ रन बनाईन् । नेपालकी कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता राना मगरले समान १९१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाकी विनिफ्रेड दुराई सिंघमले सर्वाधिक तीन विकेट लिइन् । यस्तै, एसा इलिसा र महिरा इज्जाती इस्माइलले १–१ विकेट लिए । पाँच खेलको शृङ्खलामा दुवै टोलीले २–२ को बराबरी गरेका छन् । सिरिजको अन्तिम खेल भोलि हुनेछ । भोलिको खेलमा जित निकाल्ने टोलीले शृङ्खला जित्ने छ ।