Sunday, September 27, 2026
Home समाचार गृह मन्त्रालयले रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालय पठाएपछि…….

गृह मन्त्रालयले रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालय पठाएपछि…….

47

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ । राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै फिर्ता पठाएका हुन्।

राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाएका छन्। सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि इन्स्पेक्टर पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।