भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौ

160

भदौ १५,
काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं आउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं मै रहेका बेला विपक्षी दलका नेता राहुल गान्धी भने तिब्बतको कैलाश मानसरोवरको यात्रामा जाने क्रममा आज अपरान्ह पौने २ बजे काठमाडौं आइ पुग्नु भएको हो । गान्धी मानसरोवर यात्राका लागि आएपनि काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन । गान्धी व्यक्तिगत भ्रमणको लागि निस्किएको भारतीय दुतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले पनि काठमाडौं बसाईका क्रममा कांग्रेस अध्यक्ष गान्धीको कुनै राजनीतिक भेटवार्ता र औपचारिक कार्यक्रम नरहेको जनाएको छ । पछिल्लो समय भारतीय जनता पार्टी ९भाजपा० ले गान्धीलाई हिन्दु विरोधीको रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएको दावी गर्दै आउनुभएको छ । गान्धीको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको आरोपको जवाफका रुपमा समेत हेरिएको छ । -ekantipur