Saturday, September 19, 2026
Home राजनीति ‘पाँच वर्षपछि हामी एकल सरकार बनाउँछौं ‘

‘पाँच वर्षपछि हामी एकल सरकार बनाउँछौं ‘

49

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि आफू नडराउने बताए। ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’, लामिछानेले भने, ‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’

आफूले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन भएभरको स्रोत साधन लगाइएको लामिछानेको आरोप छ । आफूले कुनै अपराध नगरेको भन्दै उनले आफ्नो अवस्थाबारे कुनै नलुकाइ इमानदारिता पूर्वक बताएको उल्लेख गरे। ‘मैले इमान्दारिपूर्वक आफ्नो अवस्थाबारे बताएको छु, लुकाएको छैन’, लामिछानेले भने, ‘मैले अपराध गरेको भए पीडित को होरु देखाउनुप¥यो । मैले अन्याय गरेको भए कसलाई अन्याय भयो एक जना मान्छे देखाइदिनुपर्‍यो ।’​ आफूहरूले हत्या, हिंसा नगरी, टायर नबली शान्तिपूर्ण विद्रोह गर्दै ६ महिनाको तयारीमा २० जना सांसद लिएर जान सफल भएको लामिछानेको भनाइ छ।