नेकपा भक्तपुरले सिफारिस गर्यो ६ जना उम्मेदवारका आकांक्षी, तस्विर सहित

3437

कार्तिक १५, भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वा्चित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकदैं गर्दा दलहरुले उम्मेदवार छान्न सकिरहका छैनन् । निर्वाचन आयोगको तालिका अनुसार यहिँ २१ गते राजनीतिक दलले आफ्नो उम्मेदवारी आयोगले तोकेको कार्यालयमा दर्ता गर्नु पर्नेछ ।
उक्त प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टीले शुक्रबारसम्म उम्मेदवार छान्न सकेको देखिदैंन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन हुदैछ ।
नेकपाबाट ६ जनाको नाम सिफारिस
अघिल्लो निर्वाचनमा (नेकपा एमाले) नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । नेकपाको पार्टीे बैठकले सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न सक्ने अधिकार नेकपाका इन्र्चाज दिलिप प्रजापति, सहइन्र्चाज सोम प्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा र सचिव डीपी ढकाललाई दिएपनि सो कुरा लागू हुन सकेन् ।
नेकपा एक नेताले कुरा गर्दै भने ‘हामीले ६ जनाको नामावली केन्द्रमा पठाएका छौं । ’पार्टीले बैठकले सिफारिस गरेको नाममा देवीप्रसाद ढकाल (डीपी), रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठ रहेका छन् । पार्टीले बोलाएको बैठकमा १८ जनाले उम्मेदवार हुने चाहाना राखेपनि अन्तिममा सहमति गर्दै ६ जनाको नाम पठाएको स्रोतले जानकारी दिएको छ ।

देवीप्रसाद ढकाल (डीपी)

रमेश बुढाथोकी

 

मोहनवीर श्रेष्ठ

शम्भु दाहाल

 

दामोदर दंगाल 

रामबहादुर श्रेष्ठ