Saturday, September 26, 2026
Home अन्य कला स्थानीय सीप र प्रविधि जोगाउँदै राउटे हस्तकला उद्योग

स्थानीय सीप र प्रविधि जोगाउँदै राउटे हस्तकला उद्योग

57

म्याग्दी : स्थानीय सीप र प्रविधि लोप हुँदै गएका वेला बेनी नगरपालिकाका तीन युवाले हस्तकला उद्योग नै सञ्चालन गरेर परम्परागत सीप र रैथाने प्रविधिको संरक्षण गरिरहेका छन्।बेनी नगरपालिका ६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका ८ बेनीका अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका रूपेश परियारले ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेका हुन्।शाहीले ६ वर्षदेखि ‘राउटे हस्तकला उद्योग’ सञ्चालन गरेर स्थानीय स्रोतको साधनको प्रयोगमार्फत हस्तकला र काष्ठकलासम्बन्धी सामग्री उत्पादन गरिरहेका छन्। ाहीको नेतृत्वमा सञ्चालित फर्ममा विश्वकर्मा र परियारले काष्ठकलामार्फत मौलिक बुट्टाको सिपबाट आकर्षक घरायसी फर्निचर बनाउँदै आएका छन्। उनीहरूले मन्दिर, मुर्ति, पुराना घरको डिजाइन, काष्ठकला मार्फत भरिएको घरको ढोका, थाम, खाट, दराज, कुर्ची लगायतका आकर्षक सामग्री उत्पादन गर्छन्। काठसँगै बाँसबाट बन्ने विभिन्न मुडा लगायतको सामाग्री उत्पादन गर्छन भने बासबाट सिन्का बनाउने तालिम पनि सिकाउँदै आएका छन्।