आलुको बोक्रा नफ्याँक्नुस्, पाइन्छ यस्तो पोषक तत्त्व

35

काठमाडौं : हामी नेपालीको भान्छामा आलु अनिवार्य मानिएको छ। बालकदेखि वृद्धसम्मलाई मन पर्ने तरकारी हो, आलु। आलु मन नपराउने व्यक्ति कमै होलान्।आलुविना कुनै पनि तरकारी अपुरो मानिन्छ। यो मिसाएपछि मात्र तरकारी अरु स्वादिष्ट हुन्छ। आलु मात्रैबाट पनि धेरै प्रकारका रेसिपी बनाउन सकिन्छ, जस्तै चोखा, चाट, टिक्की, पकोडा आदि।

सामान्यतया परिकार बनाउने क्रममा हामी आलुको बोक्रा फ्याँकिदिन्छौँ। तर आलुको बोक्रा फ्याँक्नु उचित होइन। आलुको बोक्रालाई पोषक तत्वको खजाना मानिन्छ । यसमा पोटासियम प्रशस्त मात्रामा पाइन्छ भने आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक आलुको बोक्रामा भिटामिन बी प्रशस्त मात्रामा हुन्छ। मुटुको स्वास्थ्यका लागि : आलुको बोक्राले तपाईको मुटुलाई स्वस्थ राख्न सक्छ किनभने यसमा पाइने पोटासियम, म्याग्नेसियम र क्याल्सियमको सहयोगले रक्तचाप नियन्त्रण हुन्छ।

क्यान्सरबाट जोगाउँछ: आलुको बोक्रामा फाइटो केमिकल्स प्रशस्त मात्रामा पाइन्छ, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसका साथै यी बोक्रामा क्लोरोजेनिक एसिड पाइन्छ, जसले क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्छ। हड्डी बलियो बनाउँछ:हामीले भनेका छौं कि आलुको बोक्रामा क्याल्सियम जस्ता धेरै महत्त्वपूर्ण खनिजहरू हुन्छन्, त्यसैले यसले स्वाभाविक रूपमा हड्डीलाई बलियो बनाउन काम गर्छ। यसको कारण यो हो कि यसले हड्डीको घनत्व बढाउँछ।