८०० रुपैयाँले बढ्यो सुनको मूल्य, आज तोलामा कति ?

37

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।  यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।   बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।