Thursday, October 8, 2026
Home समाचार राहतको नाममा ठगी, आधिकारिक खातामा मात्रै पैसा हाल्न आग्रह

राहतको नाममा ठगी, आधिकारिक खातामा मात्रै पैसा हाल्न आग्रह

6

काठमाडौं : सरकारले अहिले प्राकृतिक विपत्तिमा जथाभावी व्यक्तिहरुले राहतको लागि आर्थिक रकम उठाएकाे पाइएको भन्दै आधिकारिक बैंक खातामा मात्रै रकम जम्मा गर्न आग्रह गरेको छ। नेपाल प्रहरीका अनुससार हालको विपद्‌को अवस्थामा विभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने तथा फर्जि राहत माग्ने कार्य भइरहेको पाइएको छ। सूचनामा भनिएको छ,‘आधिकारीक वेबसाइट (https://opmcm.gov.np) वा प्रमाणित सामाजिक सञ्जाल पेज https://www.facebook.com/OPMCMNP बाट मात्र सहयोग गर्न हुन अनुरोध गर्दछौं।’प्रहरीले कसैले विपद् राहतको नाममा ठगी गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।