काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज बुधबार तीन खेल हुँदैछन्। दशरथ रङ्गशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ। दशरथ रङ्गशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब खेल्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ।
पुलिस पहिलो जितको खोजीमा छ । पहिलो खेलमा चर्च ब्वाइजले पुलिसलाई हराएको थियो। त्यस्तै, हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा छ। पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो। दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ साँढे ५ सुरु हुनेछ। च्यासल मैदानमा हुने खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो साँढे २ सुरु हुनेछ।