Wednesday, September 30, 2026
Home राजनीति भोलिदेखि राप्रपानिकट युवा संगठनको भेला सुरु हुने

भोलिदेखि राप्रपानिकट युवा संगठनको भेला सुरु हुने

58

काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भेला शनिबारदेखि सुरू हुने भएको छ। फागुन १३ गते र १४ गते काठमाडौंमा भेला हुने भएको हो। राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भेला उद्घाटन गर्ने कार्यक्रम छ।

जिल्लाहरूबाट छानिएर आएका करिब ३ सय जना प्रतिनिधि भेलामा सहभागी हुनेछन्। यो भेलाले महाधिवेशन मिति तय गर्ने र महाधिवेशन आयोजक समिति बनाउने तथा विधान संशोधन गर्नेजस्ता काम गर्नेछ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपानिकट युवाहरूको भेलाबाट युवाका मुद्दा, संगठनले उठाउने विषय पहिचान गरी आवश्यक कार्यदिशा तय गर्ने बताए।यसअघि राप्रपाले विद्यार्थी संगठन भेला पनि गरेको थियो। राप्रपाले भ्रातृ संगठन सबलीकरण गर्दै देशभक्त राष्ट्रवादी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने नीति लिएको श्रेष्ठले बताए।