काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ ।