काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।