आज शेयर बजारमा गिरावट

46

काठमाडौँ । सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ। यस कम्पनीको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।