नेपालको प्रतिवेदनमाथि न्यौपानेको फरक मत (पूर्णपाठ)

54

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसहितको वाम एकतामा जोड दिएका छन् । पार्टीको जारी पाँचौँ केन्द्रीय कमिटी बैठकमा तेस्रो वरीयताका नेता न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि लिखित रूपमै फरक मत दर्ज गरेका हुन् ।

उनले अहिलेको सङ्कटपूर्ण घडीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा तथा विकास गर्न मूर्त र ठोस ढङ्गको राजनीतिक कार्यदिशासहितको कार्यभारलाई आत्मसात् गर्न जरुरी भएको बताएका छन् । त्यसका लागि उनले नेकपा एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् ।

‘आजको मुख्य कार्यभार एक देश-एक कम्युनिस्ट पार्टी निर्माण हो । नेकपा ९एमाले० सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको बैठकबाट पारित गरी अघि बढ्नु पर्दछ’, न्यौपानेले आफ्नो फरक मतमा उल्लेख गरेका छन् । नेता न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनताले नेकपा एकीकृत समाजवादीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थे्रसहोल्ड सम्म जोगाउन नसकेको बताएका छन् ।

‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिस्ट पार्टीले आफूलाई जनताको इच्छा र आकाङ्क्षा अनुसार चलाउनु पर्छ’, न्यौपानेले भनेका छन्, ‘यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकेनौँ भने हामी असफल हुने छौँ ।’

पूर्णपाठ :