Friday, October 2, 2026
Home समाचार सीता एयरको दाङ एयरपोर्टमा उडान परीक्षण

सीता एयरको दाङ एयरपोर्टमा उडान परीक्षण

164

काठमाडौँ । सीता एयरले शुक्रवार दाङ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ।

निजी विमान सेवा कम्पनीले दाङको टरिगाउँ एयरपोर्टमा उडान गरे हवाई भाडा घट्ने आशा गरिएको छ। यो एयरपोर्ट घाँसे मैदान छँदा पहिले पनि सीताले टरिगाउँ एयरपोर्टमा उडान गरेको थियो।

पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले मात्रै हप्तामा चार दिन उडान भर्दै आएको छ। आइबार, मङ्गलवार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।

दाङदेखि काठमाडौँको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौँदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ। सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रवार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो।