काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीमा पौडेल

75

भक्तपुर । गृह मन्त्रालयले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । जसमा काभ्रेपलाञ्चोकमा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको हो । पाण्डेको सरुवा सुनसरी जिल्ला प्रशासन कार्यालयमा भएको छ । काभ्रेपलाञ्चोकका नयाँ प्रमुख जिल्ला अधिकारीमा पुण्य बिक्रम पौडेल गुल्मीमा प्रमुख जिल्ला अधिकारी थिए ।