स्वदेश फर्कीयो एथलेटिक्सको टोली

44

काठमाडौं । नेपाली एथलेटिक्स टोली बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।

दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कास्यमा सीमित भएकी थिइन् । नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपिचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जितेका छन् ।