प्रदेश १ मा एमाले नेता कार्की मुख्यमन्त्री बन्दै

48

काठमाडौँ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ। सत्ता साझेदार दलहरूले आजै प्रदेश प्रमुखसामु मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।

प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन्। झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।