Thursday, October 8, 2026
Home अर्थ यस्ताे छ तरकारी/फलफूलको मूल्य

यस्ताे छ तरकारी/फलफूलको मूल्य

76

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ४० रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०० रुपैयाँ, तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४२ भिण्डी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।