क्यानका महानिर्देशक अधिकारीले गरे पदको दुरुपयोग

70

काठमाडौं । नेपाल उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एक निजी कम्पनीको जहाज चार्टड गरेर पदको दुरुपयोग गरेका छन् । समिट एयरको जहाज नेपाल उड्डयन प्राधिकरणको नाममा चार्टर गरेर महानिर्देशक अधिकारी सुर्खेतबाट भैरहवा विमानस्थलमा आएको र त्यहाँबाट चार्टड उडान गरेर नेपालगन्ज लगेको पत्ता लागेको छ ।

सुर्खेतमा विमानस्थलको निरीक्षण तथा परीक्षण उडानका लागि पुगेका अधिकारी गृहमन्त्री वालकृष्ण खाँड र मुख्य सचिव शंकरदास बैरागीलाई भेट्नकालागि महानिर्देशक अधिकारीले विमान चार्टड गरेको खुलेको छ ।

सुर्खेतबाट भैरहवा नियमित उडान नभएकाले विमान चार्टड गरिएको भैरहवा बिमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी  दिनुभयो । उहाँले भन्नुभयो– भैरहवा विमानस्थलको पनि निरीक्षण गर्नु पर्ने भएकाले विमान चार्टड गरिएको हो । चार्टड गरिएको समिट एयरको ९ एन एएमजी जहाज पुस १ गते सुर्खेतबाट भैरहवाको लागि उडान भरेको थियो । उक्त चार्टड विमानमा क्यानका उपमहा निर्देशक जगन्नाथ निरौला, उपनिर्देशक द्वय उत्सव खरेल, नवीन अधिकारी लगायत ७ जनाको समूह सुर्खेतबाट भैरहवा आएको क्यानका एक अधिकारीले जानकारी दिए ।