नेपाललाई भेट्न देउवा पुगे त्रिवि शिक्षण अस्पताल

36

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

देउवाले अस्वस्थ भएर अस्पतालमा उपचार गराइरहेका अध्यक्ष नेपालकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गरेका छन्।

देउवा बुधबार दिउँसाे शिक्षण अस्पताल पुगेका हुन्।उनीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि थिए।

अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो।

छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।