Home राजनीति लोसपा सरकारमा सहभागी हुने

लोसपा सरकारमा सहभागी हुने

0
लोसपा सरकारमा सहभागी हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए ।

उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ नेता झाका अनुसार संविधान संशोधन लगायतका मुद्दा कायम छन् ।

उनले निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग भने नरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here