विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

54

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।

समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।

आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  ।

यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।