मध्यरातमा अमेरिकी कम्पनीले २७ सय कर्मचारीलाई गर्‍यो बर्खास्त

55

काठमाडौं । मिसिसिपीमा रहेको एउटा फर्निचर कम्पनीले नोभेम्बर २१ मा मध्यरातअघि करिब २,७०० कर्मचारीहरूलाई हटाएको दी गार्जियनले रिपोर्ट गरेको छ । कम्पनीले कर्मचारीहरूलाई म्यासेज र इमेलमा उनीहरूलाई बर्खास्तगी गरिएको सूचना जारी गर्दै अर्को दिन काममा नआउन भनेको छ । सिमन्स अपहोल्स्ट्रीका लागि बजेट–अनुकूल सोफा र रिक्लिनरहरू बनाउनका लागि परिचित युनाइटेड फर्निचर उद्योगले थ्याङ्क्सगिभिङको दुई दिनअघि मात्रै हजारौं मानिसहरूलाई बेरोजगार बनाएको थियो ।

न्युयोर्क पोष्टका अनुसार कम्पनीले कर्मचारीहरूलाई पठाएको सन्देशमा भनिएको छ, ‘सञ्चालक समितिको निर्देशनमा… अप्रत्याशित व्यापारिक परिस्थितिका कारण कम्पनीले कम्पनीको सञ्चालक समितिको निर्देशनमा‘ नोभेम्बर २१ मा तुरुन्तै लागू हुने सबै कर्मचारीहरूको रोजगारी समाप्त गर्ने कठिन निर्णय गरिएको जानाकारी गराउँदा हामी दुखित छौ । ’

‘कम्पनीबाट तपाईंको छाँटकाँट स्थायी हुने अपेक्षा गरिएको छ र कोब्राको प्रावधान बिना सबै सुविधाहरू तुरुन्तै समाप्त हुनेछन्’ कर्मचारीले कम्पनीबाट पठाइएको अर्को इमेलमा भनिएको छ ।  कम्पनीले आफ्ना ड्राइभरहरूलाई तुरुन्तै ‘उपकरण, सूची र डेलिभरी कागजातहरू फिर्ता गर्न’ निर्देशन दिएको थियो ।

दुर्भाग्यवश, कर्मचारीहरूलाई अचानक किन हटाइयो भनेर कुनै स्पष्टीकरण दिइएन । दुई दशक पुरानो कम्पनीले अचानक आफ्नो सञ्चालन विघटन गर्‍यो ।  न्युयोर्क पोस्टको रिपोर्टअनुसार ग्रीष्म मौसममा  कम्पनीले आफ्ना प्रमुख कार्यकारी, प्रमुख वित्तीय अधिकारी र बिक्रीका कार्यकारी उपाध्यक्षलाई बर्खास्त गरेको थियो ।  कामदारहरूलाई पछि उनीहरूलाई ‘आफ्ना सामानहरू जम्मा गर्न’ आफ्नो कार्यस्थलमा आउन भनिएको एक युएफआई प्रवक्ताले फ्राइटवेभ्सडटकमलाई बताए ।

एजेन्सी ।