गगन थापालाई गम्भीर आरोप

85

काठमाडौँ । प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो ।

युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको छ । खासगरी स्वतन्त्र पार्टीका उम्मेदवारसँग हारेका नेता तथा पूर्वमन्त्रीहरुले नै बालुवाटारमा गगनविरुद्ध उजुरी गरेका हुन् ।

काठमाडौँ ८ बाट पराजित भएका भीमसेनदास प्रधानले गगनविरुद्ध आफूलाई हराएको र युवाको नाममा कांग्रेस कार्यकर्तालाई हराउन भूमिका खेलेको आरोपसहित उजुरी गरेका स्रोतले जनाएको छ । यस्तै चितवन २ बाट हारेका उमेश श्रेष्ठले पनि देउवासमक्ष गगनविरुद्ध उजुरी पेश गरेका छन् ।

आफूले जित्ने सम्भावना हुँदाहुँदै कांग्रेस कार्यकर्तालाई उचालेर रवि लामिछानेलाई भोट हाल्न गगनले लगाएको श्रेष्ठको आरोप छ । यी त केही देखिएका गुनासा मात्रै हुन् ।

गगनमाथि कांग्रेसभित्र असन्तुष्टि, गुनासो, आरोप, आक्रोशित र आक्रान्त पनि छ । किनकी गगनले गर्दा नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरण सुरु भएको छ । यसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि त्रसित देखिन्छन् ।

आफूले भनेको मान्ने बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्की हाँर्दैछन् । उनीहरु हारेपछि अहिले उनको नजिक आउने नेताहरू त्यति रणनीतिक रुपमा स्पष्ट छैनन् । देउवाका नजिकका सारथी भनेका पूर्णबहादुर खड्काको योजना के कति छ ? उनैले प्रचण्डसँगको तालमेल मिलाउने आश देउवालाई छ ।

तर गगन यतिबेला प्रधानमन्त्रीका लागि रोकिने छैनन् । खड्काकै गृहजिल्लामा गगनलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलन सुरु भएको छ । यसले गगनलाई जति गम्भीर आरोप लागेका छन्, उनलाई त्यति धेरै चर्चा र विवादमा ल्याएको छ ।