राप्रपाको कार्यालयमा तोडफोड

67

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यरात तोडफोड भएको हो। ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने। राप्रपाको झन्डा, ब्यानर च्यातिएको छ।

काठमाडौँ-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन्।