चुनावमा एनसेलको प्याक

24

काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा डेटा र भ्वाइस प्याक अफर ल्याएको छ । ग्राहकले करसहित ४८ रुपियाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । ग्राहकले सजिलै एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २५ ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमाअन्तर्गत ७ दिनको समय सीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरी यो प्याक चालु गर्न सक्छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन् ।

यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन । त्यस्तै, २९ रुपियाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २६ ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

त्यस्तै गरी भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपियाँमा चालु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक चालु गर्न सक्छन् । एनसेल एप र वेभसाइटमार्फत पनि यो प्याक खरिद गर्न सकिन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपियाँमा चालु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ ह्यास डायल गरी प्याक चालु गर्न सक्छन् ।