Wednesday, October 7, 2026
Home Uncategorized अर्बपति चौधरी भाेट माग्न घरदैलोमा ब्यस्त(तस्बिरसहित)

अर्बपति चौधरी भाेट माग्न घरदैलोमा ब्यस्त(तस्बिरसहित)

42

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नवलपरासी- १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।

चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए। उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने पनि बताए। कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी-१ का मतदातामा उत्साह देखिएको छ।