सुनचाँदीको मूल्यमा गिरावट

25

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला ९७ हजार ३ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा १ सय रुयाँले घटेर ९७ हजार २ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ७ सय रुपियाँ रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा ५ रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।