करुवाले टाउकोमा प्रहार. श्रीमतीको मृत्यु

30

झापा । प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको छ । रघुनाथले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।