Thursday, October 1, 2026
Home समाचार त्रिशूलीमा ट्याक्सी दुर्घटना ५ जनाको मृत्यु

त्रिशूलीमा ट्याक्सी दुर्घटना ५ जनाको मृत्यु

36

काठमाडौं : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ। गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्। १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।