उम्मेदवारहरु मत माग्न र प्रचारप्रसार गर्न घरदैलो अभियानमा व्यस्त

86

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका उम्मेदवारहरु मत माग्न र प्रचारप्रसार गर्न घरदैलो अभियामा व्यस्त छन् । जिल्लामा प्रमुख दलहरुले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।

हिमाली जिल्ला रसुवामा चिसो बढे पनि चुनावी माहोल तातिँदै गएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले लगायतका अन्य साना दलहरुले पनि आफ्नो प्रचारप्रसारलाई तीव्र दिएका छन् । उम्मेदवारहरू घर घर पुगेर मतदाता भेटघाट गरिरहेका छन् ।

रसुवामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको छ । वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारहरुले निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । विकासको मिठो आश्वासन बोकेर उम्मेदवार गाउँ पसेका छन् । जिल्लाको उतरी क्षेत्रमा झुरुप्प बस्ती भएकाले भेला गरेर सामूहिक रुपमा उम्मेदवारहरुले मत मागेका छन् । जिल्लाको उतरी क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसो बढेकाले उतरी क्षेत्रमा उम्मेदवारहरुले घरदैलो अभियानलाई सकाएका छन् ।

एमालेले जिल्लाको उतरी भेग हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृदिम, स्याफ्रु, धुन्चे राम्चे लगायतका क्षेत्रमा घरदैलो अभियान सकिसकेको बताएको छ । जिल्लाको दक्षिण भेग कालिका, उत्तरगया गाउँपालिको धेरै वडामा घरदैलो अभियान सकिएको तथा नैकुण्ड गाउँपालिकामा जारी रहेको नेकपा एमालेका उपसचिव कैसाङ नुर्पु तामाङले बताए । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि उतरी भेगका हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे र बृदिममा घरदैलो अभियान सकिएको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरले पनि जिल्लाको दक्षिण भेगमा घरदैले अभियान जारी राखेका छन् । घरदैले अभियान नैकुण्ड गाउँपालिकामा सकिएको वामलोकतान्त्रिक गठबन्ध चुनाव प्रचासप्रसार समितिका संयोजक जनक जीवन उपाध्याले बताए । ‘कालिका र उत्तरगया गाउँपालिकामा जारी छ’, उनले भने, ‘पाँच गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेको छ ।’

जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वतमान प्रतिनिधिसभा सदस्य मोहन आचार्य पुन: उम्मेदवारमा दोहोरिएका छन् । नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङ २०७० को संविधान सभाका सदस्य हुन् ।