काठमाडाैँ । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ।
नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले हराएको थियो।
२ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ।