निर्वाचन आयोगको बदमासी, पछि आएको उजुरीका आधारमा उम्मेदवारी खारेज

39

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर- ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्दा निर्वाचन आयोगले बदमासी गरेको तथ्य फेला परेको छ।

आयोगले शनिबार कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा रहेको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार लाभको पदमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने भन्दै आयोगले उम्मेदवारी रद्द गरेको हो।

तर डा. कार्कीले उम्मेदवारी दिनुअघि नै उक्त पदबारे प्रष्ट पारिरिदिन निर्वाचन आयोगमा निवेदन दिएको पाइएको छ। गत भदौ २५ गते आयोगमा निवेदन दिएर कार्कीले काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन निर्क्याैल गरिदिन आग्रह गरेकी थिइन्।

उक्त पत्रको जवाफ नदिएको आयोगले शनिबार भने उनी लाभको पदमा रहेको उजुरी परेको भन्दै उम्मेदवारी नै खारेज गरिदिएको छ। समयमा प्रष्ट हुन जानकारी माग्दा जवाफ नदिने तर समय घर्केपछि पुगेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरिदिने आयोगको निर्णयप्रति डा. कार्कीले आपत्ति जनाएकी छन्।

उनले आयोगले उजुरीबारे निर्णय गर्दा आफूले प्रष्ट हुन दिएको निवेदनबारे पनि निर्णय नदिएको भन्दै प्रश्न गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु। जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नु पथ्र्यो। यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ। स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुन आउँछ।’

कार्कीले आयोगको निर्णय विरुद्ध अदालत जाने घोषणा गरेकी छन्। ‘ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु, उनले भनेकी छन्।

यस्तो छ निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय

निज उम्मेदवार डा। कार्की मिति २०७८।९।२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा। कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइयो ।

नेपालको संविधानको धारा ३०६ को उपधारा ९१० को ख ९६० मा पारिश्रमिक भन्नाले तलब भत्ता र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधा समेत सम्झनु पर्छ भन्ने व्यवस्था समेतका आधारमा भत्ता पारिश्रमिक भित्रै पर्ने देखिएकोले निज डा। कार्की हाल बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक पद नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायतका आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेको र उम्मेदवार मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,

२०७९ को दफा १८ को उपदफा ६ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको  घ मा कुनै संघीय कानूनले अयोग्य नभएको र ९च० मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा। कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकेले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन ।

अतः प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय ङ मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा ५ बमोजिम निज डा। कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं। ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ ।